Sunday, November 1, 2026
Breaking
गुरागाईंमाथिका आरोप छानबिन गर्न कोशी सुशासन समितिको बैठक सोमबार अनशनमा रहेका डा. केसीको रगतमा चिनी ३६ मा झर्‍यो, थप उपचारका लागि इलाम अस्पतालको आग्रह मकवानपुर अध्यक्षसँग स्पष्टीकरण माग्दै राप्रपा, निलम्बित नेतालाई कार्यक्रममा बोलाएकोमा चेतावनी धनगढीमा स्टार्टअप समिट सुरु, युवा उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्नेमा जोड न्यायाधीशविरुद्ध महाभियोगबारे रास्वपाभित्र दुई मत, कुन बाटो रोज्ने अझै अन्योल जनकपुरविरुद्ध पोखराका कप्तान भुर्तेल ३५ रनमा आउट गुरागाईंमाथिका आरोप छानबिन गर्न कोशी सुशासन समितिको बैठक सोमबार अनशनमा रहेका डा. केसीको रगतमा चिनी ३६ मा झर्‍यो, थप उपचारका लागि इलाम अस्पतालको आग्रह मकवानपुर अध्यक्षसँग स्पष्टीकरण माग्दै राप्रपा, निलम्बित नेतालाई कार्यक्रममा बोलाएकोमा चेतावनी धनगढीमा स्टार्टअप समिट सुरु, युवा उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्नेमा जोड न्यायाधीशविरुद्ध महाभियोगबारे रास्वपाभित्र दुई मत, कुन बाटो रोज्ने अझै अन्योल जनकपुरविरुद्ध पोखराका कप्तान भुर्तेल ३५ रनमा आउट

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

बाजुराका हिमाली भेगमा भारी हिमपातपछि जनजीवन प्रभावित, विद्युत् सेवा अवरुद्ध

समाचार By

बाजुरा — शुक्रबारदेखि परिरहेको वर्षासँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह र हिमाली लगायतका स्थानीय तहका अग्ला भेगमा गएराति हिउँ परेको हो। निरन्तरको वर्षा र हावाहुरीसँगै चिसो ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

चिसो बढेसँगै स्थानीय बासिन्दाको दैनिकी, पशुचौपाया र दैनिक कामकाज प्रभावित भएका छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामीले चिसोको बढी मार खेप्नुपरेको छ। वर्षा र हिमपातले ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्नसमेत कठिन भएको छ।

किसानलाई पनि वर्षाले समस्या पारेको छ। जिल्लामा धान बाली भित्र्याउने काम अन्तिम चरणमा पुगेको बेला कोदो काट्ने चटारोमा रहेका किसान वर्षाका कारण अप्ठ्यारोमा परेका छन्। स्थानीय शेरबहादुर बुढाका अनुसार मौसममा सुधार नआए खेतमा रहेको पराल सुकाउन र पोकेको बाली सुरक्षित रूपमा भित्र्याउन कठिनाइ हुनेछ।

यसैबीच, निरन्तरको वर्षा र हावाहुरीका कारण गएरातिदेखि जिल्लामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ।

धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक निरन्तरको वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षका सागर कार्की सम्पर्कविहीन भएका हुन्। यही असोज ९ गते सदरमुकाम मार्तडीबाट प्रस्थान गरेको पाँच जनाको टोलीमध्ये पूर्वका तीन जना भने बडीमालिका पुगेर सदरमुकाम फर्किसकेका छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *