काठमाडौँ — नेपाल संवत ११४७ को आगमनको अवसरमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले शनिबार राजधानीमा सुकुन्दा र्याली निकालेको छ। परम्परागत तेलको बत्ती सुकुन्दा बोकेर सहभागीहरूले सहरका विभिन्न भागमा परिक्रमा गरे।
र्यालीमा पार्टी सभापति गगनकुमार थापा सहभागी भए। महानगर समितिले नयाँ वर्षको स्वागत गर्नुका साथै मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो। विशेष गरी नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँदै आएको छ। संवतले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्व उजागर गर्दै आएको छ।
र्यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रह्यो। सुकुन्दा बोकेका सहभागीहरूले नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै नेपाल संवतको स्वागत गरे।
आयोजकका अनुसार र्यालीले नेपाल संवतको ऐतिहासिक महत्व नयाँ पुस्तासम्म पुर्याउनेछ र मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउनेछ। महानगर समितिले नयाँ वर्षको स्वागतसँगै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा जोड दिन यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
