Tuesday, November 3, 2026
Breaking
खुम्बुमा हवाई सुरक्षा कमजोर बन्दै, नियामक निकायको अनुपस्थितिमाथि प्रश्न एनपीएल : लुम्बिनीको अपराजित यात्रा कायमै, पोखरा लगातार तेस्रो हारसँगै पुछारमा गुगलले मलेसियामा पानी पूर्वाधारमा १६ करोड डलर खर्च गर्ने वीरगञ्जमा चाँदीका मूर्ति र गरगहनासहित दुई जना नियन्त्रणमा विराटनगरमा युवतीलाई बन्धक बनाई यौन शोषण गरेको आरोपमा मुद्दा दर्ता बैंकको प्रतिफल बढे पनि आधा दर्जन बैंक लाभांश दिन नसक्ने अवस्थामा खुम्बुमा हवाई सुरक्षा कमजोर बन्दै, नियामक निकायको अनुपस्थितिमाथि प्रश्न एनपीएल : लुम्बिनीको अपराजित यात्रा कायमै, पोखरा लगातार तेस्रो हारसँगै पुछारमा गुगलले मलेसियामा पानी पूर्वाधारमा १६ करोड डलर खर्च गर्ने वीरगञ्जमा चाँदीका मूर्ति र गरगहनासहित दुई जना नियन्त्रणमा विराटनगरमा युवतीलाई बन्धक बनाई यौन शोषण गरेको आरोपमा मुद्दा दर्ता बैंकको प्रतिफल बढे पनि आधा दर्जन बैंक लाभांश दिन नसक्ने अवस्थामा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

५८ वर्षे उमेर हद हटाउन माग गर्दै बागमती सिँचाइका २६४ कर्मचारी धर्नामा

समाचार By

सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै धर्ना थालेका छन् । २५ देखि ३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ वर्षे उमेर हद लगाएर सेवाबाट हटाउन खोजिएको भन्दै उनीहरूले सोमबारदेखि सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा धर्ना सुरु गरेका हुन् ।

आन्दोलनमा बागमती सिँचाइ आयोजनाका २४४ जना र बागमती–मनुष्मारा–झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मैयाका २० जना गरी २६४ कर्मचारी सहभागी छन् । उनीहरूले उमेर हद हटाउनुका साथै कात्तिक ११ गते प्रकाशित सेवा सर्त सुधार गर्न र आयोजनाले २०७५ वैशाख ३१ गते गठन गरेको समितिको सेवा–सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

चाडपर्व खर्च, पोसाक तथा महँगी भत्ताको व्यवस्था गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उनीहरूको अर्को माग छ । माग पूरा नभए मंसिर १ गतेदेखि कार्यालयमा तालाबन्दी गर्ने चेतावनी कर्मचारीले दिएका छन् । पहिलो चरणमा कात्तिक २० गतेसम्म कार्यालय समयमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बागमती सिँचाइ आयोजना ज्यालादारी कर्मचारी समितिका अध्यक्ष विनोदकुमार पासवानले जानकारी दिए ।

कार्यालय र सिँचाइ नहरको काम प्रभावित नहोस् भनेर सर्लाही र रौतहटमा कार्यरत कर्मचारी आलोपालो गरी धर्नामा बसेका छन् । आयोजनामा नहरको रेखदेख, माली, सुरक्षागार्ड, चालक, प्लम्बर तथा सरसफाइका काममा ज्यालादारी कर्मचारी कार्यरत छन् ।

यता आयोजनाकी शाखा अधिकृत सुमना पारुईले नहर सञ्चालनसम्बन्धी नयाँ मापदण्ड अद्यावधिक भएर आएकाले उमेरको मापदण्ड अनिवार्य गरिएको बताइन् । उनका अनुसार यसअघि ज्यालादारी कर्मचारीका लागि उमेर हद तोकिएको थिएन ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *