Thursday, October 22, 2026
Breaking
जर्मनीमा पक्राउ परे रुसी जासुसीको आरोपमा एक युक्रेनी नागरिक यसपटक उपाधिका लागि राइनोजको दाबी: कोचमा तनवीर, कप्तानीमा कुशल मल्ल बाढीपीडितका लागि हानिनोक्सानी कोषको २० मिलियन डलर सहयोग स्वीकृत बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो साउदी अरबमा ड्रोन भग्नावशेषले नेपालीको मृत्यु, सरकारद्वारा शोक व्यक्त थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड जर्मनीमा पक्राउ परे रुसी जासुसीको आरोपमा एक युक्रेनी नागरिक यसपटक उपाधिका लागि राइनोजको दाबी: कोचमा तनवीर, कप्तानीमा कुशल मल्ल बाढीपीडितका लागि हानिनोक्सानी कोषको २० मिलियन डलर सहयोग स्वीकृत बाढीपीडितको एक स्वर : राहत होइन, खैदीमा एकीकृत बस्ती चाहियो साउदी अरबमा ड्रोन भग्नावशेषले नेपालीको मृत्यु, सरकारद्वारा शोक व्यक्त थिमिमा कुभिण्डो जात्रा सम्पन्न, सुखशान्तिका लागि कुभिण्डोका टुक्रा लुट्नेको भीड

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

इन्जिनियरिङदेखि गोठसम्म: दुग्ध व्यवसायमा महिनाको १५ लाख बचत

अर्थतन्त्र By

काठमाडौँ — पेशाले इन्जिनियर बनेका गोरखाका कुमार लामिछाने पछिल्ला केही वर्षयता दुग्ध व्यवसायीका रूपमा परिचित भएका छन्। राजधानीको नागार्जुन नगरपालिका–६, रामकोटस्थित डाँडापौवामा सञ्चालित उनको फार्मले अहिले हरेक महिना करिब १५ लाख रुपैयाँ शुद्ध बचत गरिरहेको छ।

गोरखा सिरानचोक गाउँपालिका–७ का सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालि दर्ता गरेर पशुपालन थालेका हुन्। सुरुमा करोडौं रुपैयाँ लगानी र ६ रोपनी भाडाको जग्गाबाट ३० वटा भैँसीले सुरु भएको यो व्यवसाय अहिले २०० गाई र ५० वटा भैँसीसम्म फैलिएको छ।

फार्मबाट अहिले दैनिक झन्डै एक हजार दुई सय लिटर दूध उत्पादन हुन्छ। भैँसीको दूध प्रतिलिटर १७० र गाईको १०० रुपैयाँमा बिक्री हुने उनी बताउँछन्। दूध विकास संस्थान, नमूना डेरीसँगै उपत्यकाका विभिन्न डेरीमार्फत दूध बिक्री भइरहेको छ। दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख आम्दानी हुने र सबै खर्च कटाएर १५ लाख बचत रहने लामिछानेको भनाइ छ। पशुआहार पराल र दानामा सबैभन्दा धेरै खर्च हुने उनी स्वीकार्छन्।

निर्माणसम्बन्धी कामसँगै सात वर्षदेखि यो व्यवसाय चलाइरहेका लामिछानेका जीवनसाथी इन्जिनियर सङ्गीतासँगै यसमा सहकार्य छ। दुहनका लागि मेसिन जडान गरिएको फार्ममा अहिले प्रत्यक्ष–अप्रत्यक्ष गरी ५० जनाले रोजगारी पाएका छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *