Tuesday, October 20, 2026
Breaking
देवघाटदेखि मौलाकालिकासम्म केबलकार: दुई वर्षभित्र सञ्चालन गर्ने तयारी पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम उडान बन्द सिमरामा बहुला कुकुरको त्रास : एकैदिन ११ जना घाइते अमेरिकाको हिरासतमा फेरि मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोले माग्यो पारदर्शी छानबिन लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ : नियुक्ति विवादमा माल्दिभ्समाथि शानदार जित : नेपाली महिला ह्यान्डबल टोलीको कमब्याक देवघाटदेखि मौलाकालिकासम्म केबलकार: दुई वर्षभित्र सञ्चालन गर्ने तयारी पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम उडान बन्द सिमरामा बहुला कुकुरको त्रास : एकैदिन ११ जना घाइते अमेरिकाको हिरासतमा फेरि मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोले माग्यो पारदर्शी छानबिन लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ : नियुक्ति विवादमा माल्दिभ्समाथि शानदार जित : नेपाली महिला ह्यान्डबल टोलीको कमब्याक

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कावासोतीमा अटो नहरमा खस्दा एक महिलाको मृत्यु, सात जना घाइते

समाचार By

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा आइतबार दिउँसो भएको अटो दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार विष्णुनगरबाट कावासोतीतर्फ गइरहेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकमा अनियन्त्रित भई बायाँतर्फको नहरमा खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी कावासोती–१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये कावासोती–१ हात्तीखोरकै २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पतालमै उपचार भइरहेको छ। सामान्य घाइते भएका अन्य दुई जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

प्रहरीले अटो चालक कावासोती–१ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *