Friday, October 16, 2026
Breaking
रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का

News Nepal

Home / विश्व

अमेरिकाको ओरेगनस्थित प्राथमिक विद्यालयमा गोलीकाण्ड : तीन बालबालिकासहित चार जनाको मृत्यु

विश्व By

काठमाडौं । अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ ।सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ ।गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार जनाको प्रारम्भिक संख्यामा गोली चलाउने व्यक्ति समावेश भए–नभएको स्पष्ट भइसकेको छैन ।बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:५९ बजे विद्यालयबाहिर रहेको एउटा कारमा गोली प्रहार भएको सूचना प्राप्त भएको थियो । त्यसको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।गोली चलाएका व्यक्तिलाई प्रहरीले गोली हानेको हो वा घटनास्थलमा रहेका अन्य व्यक्तिले नियन्त्रणमा लिएका हुन् भन्नेबारे खुल्न सकेको छैन ।घटनामा कति जना घाइते भए भन्नेबारे तत्काल जानकारी सार्वजनिक भएको छैन । एफबीआई निर्देशक काश पटेलले स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताएका छन् भने गभर्नर टीना कोटेकले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको बताएकी छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *