Friday, October 16, 2026
Breaking
रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का

News Nepal

Home / विश्व

हुथी आक्रमणको संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा कडा निन्दा, सैन्य गतिविधि तत्काल रोक्न आग्रह

विश्व By

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि हुथी विद्रोहीले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।परिषद्का सदस्यहरूले बिहीबार जारी वक्तव्यमा नागरिक उड्डयन तथा ऊर्जा पूर्वाधारसमेतलाई लक्षित गरी साउदी अरबविरुद्ध भइरहेका निरन्तर तथा बढ्दो हमलाको निन्दा गरेका हुन् ।उनीहरूले लाल सागर र बाब अल मन्डेब जलघाँटीमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमण र धम्कीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे । व्यावसायिक जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्नुका साथै समुद्री गतिविधिमा अन्तर्राष्ट्रिय कानुन, विशेषगरी समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको सम्मान गर्नुपर्नेमा उनीहरूले जोड दिए ।परिषद्ले हुथीहरूलाई यमनमा सैन्य गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । हिंसा वा बल प्रयोगबाट यमनमा दिगो शान्ति स्थापना हुन नसक्ने स्पष्ट पार्दै परिषद्ले राजनीतिक समाधानप्रतिको समर्थन पनि दोहोर्‍याएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *