Friday, October 16, 2026
Breaking
रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का रास्वपामा टिकट लेनदेनको गम्भीर आरोपबीच महासचिव आचार्यले ल्याए कडा छनोट रूपरेखा अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का

News Nepal

Home / राजनीति

खगेन्द्र सुनारको अडियो प्रकरण : आवश्यक पर्दा सरकारले अनुसन्धान गर्ने सञ्चारमन्त्रीको भनाइ

राजनीति By

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परेमा सरकारले अनुसन्धान अघि बढाउन सक्ने बताएका छन् ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सरकारले कुनै पनि मुद्दालाई दबाउने नियत नराखेको बताए ।’सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन । आवश्यक पर्दा अनुसन्धान गरेर विधिसम्मत रूपमा प्रक्रिया अघि बढ्छ,’ मन्त्री तिमल्सिनाले भने ।सञ्चारकर्मीहरूले अडियो प्रकरणमा छानबिन नै नगरी सरकारले किन दबाउन खोजेको भनी प्रश्न गरेका थिए । सरकारको त्यस्तो कुनै नियत नभएको र सबै प्रक्रिया विधिगत रूपमा अघि बढ्ने उनले जवाफ दिए ।सांसद सुनारले महिलामाथि हिंसा गरेको भन्ने अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन गरिरहेको छ । तर सरकारले यस विषयमा चासो नदेखाएको भन्दै आलोचना हुँदै आएको थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *