Sunday, November 1, 2026
Breaking
बायोसीड ३०१ धान नफलेपछि माडीका किसान समस्यामा एकताबद्ध नभए कांग्रेस कमजोर हुने कोइरालाको चेतावनी सोमबार बिहान कांग्रेस संसदीय दलको बैठक, सरकार सञ्चालनबारे छलफल हुने पाँचवर्षे कार्यकाल पूरा गर्दै बिदा हुँदैछन् कोशी प्रदेश प्रमुख खापुङ सर्वोच्चमा सिफारिस न्यायाधीशकी पत्नीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै, नैतिक प्रश्न उठ्यो कांग्रेसको विचार सर्वस्वीकार्य भएको पौडेलको दाबी, नयाँ दललाई कामको चुनौती बायोसीड ३०१ धान नफलेपछि माडीका किसान समस्यामा एकताबद्ध नभए कांग्रेस कमजोर हुने कोइरालाको चेतावनी सोमबार बिहान कांग्रेस संसदीय दलको बैठक, सरकार सञ्चालनबारे छलफल हुने पाँचवर्षे कार्यकाल पूरा गर्दै बिदा हुँदैछन् कोशी प्रदेश प्रमुख खापुङ सर्वोच्चमा सिफारिस न्यायाधीशकी पत्नीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै, नैतिक प्रश्न उठ्यो कांग्रेसको विचार सर्वस्वीकार्य भएको पौडेलको दाबी, नयाँ दललाई कामको चुनौती

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

बुर्किना फासोमा दुई चरमपन्थी समूहबीच रक्तपातपूर्ण भिडन्त, ४ सयभन्दा बढी मारिएको दाबी

विश्व By

अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ। सहारा मरुभूमिभन्दा दक्षिणतिर पर्ने साहेल भनिने बुर्किना फासोको उत्तरतर्फ इस्लामिक स्टेट र अल कायदाजस्ता इस्लामिक लडाकु समूहको सक्रियता रहँदै आएको छ।

नाइजर र मालीसँगको सीमानजिकै औडालान क्षेत्रमा इस्लामिक स्टेटको साहेल प्रान्त र अल कायदासँग सम्बद्ध जमात नुस्रत अल इस्लाम वाल मुस्लिमिन नामक समूहबीच बारम्बार झडप हुँदै आएको छ। पछिल्लो झडपका क्रममा यस क्षेत्रमा जमातका ४ सयभन्दा धेरै लडाकु मारिएको इस्लामिक स्टेटले दाबी गरेको छ।

इस्लामिक स्टेटको दाबीको स्वतन्त्र पुष्टि भने नभइसकेको अरब सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार तीन मुलुकको सीमा क्षेत्रमा अक्टोबर महिनाको दोस्रो सातादेखि दुई इस्लामिक लडाकु समूहबीच झडप सुरु भएको थियो।

यस क्षेत्रमा इस्लामिक लडाकु गतिविधिको निगरानी गर्ने विश्लेषकहरूका अनुसार यो दुई समूहबीच भएको हालसम्मकै घातक भीडन्त हो। गत सेप्टेम्बर महिनामा पनि सोही क्षेत्रमा भएको भीडन्तमा परी २ सयभन्दा धेरैको ज्यान गएको इस्लामिक स्टेटले दाबी गरेको थियो।

जानकारहरूका अनुसार सन् २०१९ देखि हालसम्म इस्लामिक स्टेट साहेल प्रान्त र अल कायदा सम्बद्ध जमात नुस्रत अल इस्लाम वाल मुस्लिमिनबीच ३ सय २० भन्दा धेरै पटक भीडन्त भइसकेका छन्। भीडन्तका कारण २ हजार २ सय जनाको ज्यान गइसकेको छ।

यसअघि माली र बुर्किना फासोमा सीमित यस्ता भीडन्त पछिल्लो समय नाइजर र उत्तर पश्चिमी नाइजेरियासम्म विस्तार हुन थालेका छन्। खासगरी सीमावर्ती क्षेत्रको नियन्त्रणका लागि यी दुई समूह आपसमा लड्ने गर्छन्। दुर्गम र कठिन भौगोलिक क्षेत्रमा राज्यको उपस्थिति शून्यप्रायः रहेकाले यो क्षेत्र इस्लामिक अतिवादका लागि उर्वर भूमि रहँदै आएको छ।

यस क्षेत्रमा अझै पनि अल कायदा आबद्ध जमात नुस्रत अल इस्लाम वाल मुस्लिमिन नै धेरै प्रभावशाली छ। यस समूहमा ७ देखि ८ हजार लडाकु रहेको अनुमान गरिन्छ। इस्लामिक स्टेटको साहेल प्रान्तमा भने २ हजार आसपास लडाकु संलग्न छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *