धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
कात्तिक १६ गते बस्ने गरी तय गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पार्टीले जनाएको छ।
पार्टीका केन्द्रीय सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार निरन्तरको वर्षाका कारण राजमार्गहरू अवरुद्ध भएका छन्, जसले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ। यही कारण बैठक स्थगित गर्नुपरेको उनले बताए।
बैठकको नयाँ मितिबारे पछि जानकारी गराइने पार्टीले जनाएको छ।
