Thursday, November 5, 2026
Breaking
गोर्खाजविरुद्ध किंग्स पहिला ब्याटिङमा, टस जितेर करणले रोजे फिल्डिङ मोइन अली नहुँदा जनकपुरलाई धक्का, प्लेअफको बाटो कठिन बन्दै चेपाङ बस्तीमा घर र बाख्रा दिने मुख्यमन्त्रीको प्रतिबद्धता गाजाका घाइते बालबालिकाको उपचारमा अवरोध, एक हजारभन्दा बढी बालबालिका अपाङ्ग बङ्गलादेश–चीन आर्थिक सहकार्य विस्तारमा समझदारी, मोङ्गलामा हस्ताक्षर नक्कली प्रमाणपत्रमा जागिर खाएकी कैलालीकी शिक्षिकालाई ६ महिनाको कैद गोर्खाजविरुद्ध किंग्स पहिला ब्याटिङमा, टस जितेर करणले रोजे फिल्डिङ मोइन अली नहुँदा जनकपुरलाई धक्का, प्लेअफको बाटो कठिन बन्दै चेपाङ बस्तीमा घर र बाख्रा दिने मुख्यमन्त्रीको प्रतिबद्धता गाजाका घाइते बालबालिकाको उपचारमा अवरोध, एक हजारभन्दा बढी बालबालिका अपाङ्ग बङ्गलादेश–चीन आर्थिक सहकार्य विस्तारमा समझदारी, मोङ्गलामा हस्ताक्षर नक्कली प्रमाणपत्रमा जागिर खाएकी कैलालीकी शिक्षिकालाई ६ महिनाको कैद

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / अर्थतन्त्र

नवीकरणীয় ऊर्जालाई लगानी र उद्यमशीलतासँग जोड्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

अर्थतन्त्र By

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३० औँ वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रममा मात्र नराख्नुपर्नेमा जोड दिए।

उनले पछिल्लो तीन दशकको उपलब्धिलाई मात्र पर्याप्त नमानेर नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताए। जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यान दिँदै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको उनको धारणा छ।

सरकारले आगामी दिनमा एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई पनि अगाडि बढाउने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताए। उनका अनुसार यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभई स्थानीय तहको आर्थिक विकास र ऊर्जामा आत्मनिर्भरताको नयाँ अभ्यास पनि हो।

प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत र भविष्यको आवश्यकतालाई समेत अध्ययन गरी योजना बनाउनुपर्ने भएकाले ग्यासमुक्त पालिकाको अवधारणालाई कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *