Friday, October 16, 2026
Breaking
अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का उड्ने कार अब यथार्थमा : मस्कले सार्वजनिक गरे हावामा उड्ने टेस्ला रोडस्टर अधिकार हस्तान्तरणमा केन्द्रको ढिलाइप्रति ६ प्रदेशका मुख्यमन्त्री असन्तुष्ट, ‘कोशी घोषणापत्र’ जारी नेप्सेमा पुनः हरियाली : कारोबार रकम पौने ५ अर्बको हाराहारीमा शुक्र अस्त भएकै कारण दशैं रोकिँदैन : पञ्चाङ्ग समितिको स्पष्टीकरण एनपीएललाई आईसीसीबाट आधिकारिक मान्यता, विदेशी खेलाडी भित्र्याउने सीमा हट्यो अमेरिका–इरान युद्धमा इराकलाई ६० अर्ब डलरको आर्थिक झट्का उड्ने कार अब यथार्थमा : मस्कले सार्वजनिक गरे हावामा उड्ने टेस्ला रोडस्टर

News Nepal

Home / राजनीति

विज्ञान–प्रविधिसम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलबाट जारी

राजनीति By

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित दुई वटा अध्यादेश जारी गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ प्रमाणीकरण गरेका हुन् । अध्यादेश जारी भएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले दिएका छन् ।संसद्को अधिवेशन नभएको अवस्थामा संविधानको व्यवस्थाबमोजिम अध्यादेशमार्फत तत्काल कानुन ल्याउन सकिने प्रावधान छ । यही प्रक्रियाअनुसार यी दुई अध्यादेश जारी भएका हुन् ।पहिलो अध्यादेशले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको गठन र काम–कारबाहीका लागि कानुनी आधार दिनेछ भने दोस्रो अध्यादेशले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको समग्र विकास र प्रवर्द्धनका लागि व्यवस्था गर्नेछ ।विज्ञान–प्रविधि क्षेत्रमा संस्थागत संयन्त्रलाई थप मजबुत बनाउन तथा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन दिन यी अध्यादेशहरू महत्वपूर्ण ठानिएका छन् । अध्यादेश लागू भएपछि यस क्षेत्रका कार्यक्रमले थप गति पाउने अपेक्षा गरिएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *